COVID-19 and its impact on Internet

 

आदरणीय ग्राहक महानुभावहरु,
 
सबैभन्दा पहिले हामी तपाईंलाई कोभिड-१९  को जोखिम न्यूनीकरण गर्न सम्भव भएसम्म घरमै बसेर सहयोग पुर्याउनु भएकोमा धन्यवाद दिन चाहन्छौं । देशको जिम्मेवार नागरिकको हैसियतले हामी सबैले मिलेर यो महामारीको सबै क्षेत्रबाट डटेर सामना गर्नु पर्दछ ।
 
संचार अति आवश्यक सेवा हो र कोभिड-१९ ले गर्दा यसलाई पहिलेको भन्दा थप संबेदनशील बनाएको छ। कोभिड-१९ को जोखिम रहेसम्म एक आपसमा कुराकानी गर्नुको लागी इन्टरनेट अपरिहार्य सेवाको रुपमा रहेको छ र यो सेवा सबैले बराबर सदुपयोग गर्न पाउनु पर्दछ ।  यसैले विश्वव्यापी नेटवर्कमा र नेपालमा पनि यसको ठूलो माग बढ्न सक्छ । हामीले यसको उपभोगमा उल्लेखनिय वृद्धि  देखिसकेका छौं । माग अनुसारको व्याण्डविथ आपुर्ति गर्नका लागि हामीले आफ्नो नेटवर्कको क्षमता थप वृद्धि गर्नु आवश्यक हुन्छ तर विश्वव्यापी रुपमा फैलिएको कोरोनाको आतंकको कारण हाम्रो अवस्था सुधार नभएसम्म अप्रत्याशित माग पूरा गर्न अझ बढी क्षमता थप्न सक्दैनौं । यस अवस्थामा सचेत रअग्रसर भएर हामीले इन्टरनेट व्यवस्थापन गर्न आवश्यक महशुश गरेका छौ र सबैलाई गुणस्तरीय इन्टरनेटको प्रबन्ध गर्नको लागि कटिबद्ध छौ| हामी सकेसम्म क्षमता बढाउन र गुणात्मक सेवा प्रदान गर्न सक्दो प्रयास गर्नेछौं ।
 
हामी मध्ये केहीले धेरै नै व्याण्डविथको प्रयोग गर्दछौ, जसले गर्दा घरमै बसेर काम गरिरहेकाहरु, स्वस्थाकर्मी, सरकारी कर्मचारी, घरमै बसेर व्यवसाय संचालन गर्नेहरुलाई गुणस्तरीय इन्टरनेट प्राप्त गर्न बाधा पर्न सक्दछ र  चापको उत्कर्ष (राति ८-१० बजे सम्म) समयमा हामी मध्ये कसैलाई इन्टरनेट सोचे जति छिटो नहुन सक्छ| हामीले हाम्रा सबै प्रयोगकर्ताहरूलाई उक्त समयमा  मनोरन्जनात्मक कार्यहरुलाई प्राथमिकता नदिन हुन अनुरोध गर्दछौं । यसको मतलब हाम्रो अनलाइन गेम र भिडियो हेर्ने समयमा कटौती गर्नु हो ।
 
हामी सकेसम्म अफिस सञ्चालन गर्ने कोशिस गर्नेछौं । यद्यपि हामीले यो पनि महसुस गरेका छौ कि कर्मचारिको स्वास्थ्य र सुरक्षा पनि त्यत्तिकै महत्त्वपूर्ण छ । त्यसैले हामी सेवालाई निरन्तरता दिन र चलाउनको लागि आवश्यक पर्ने न्यूनतम कर्मचारीहरू राख्ने प्रयास गर्नेछौं ।
 
सेवा सम्वन्धी कुनै अवरोध वा जिज्ञासा भएमा हामी हाम्रा प्रयोगकर्ताहरूलाई निम्न अनलाइन सेवाहरु प्रयोग गर्न अनुरोध गर्दछौं ।
अनलाइन च्याट सपोर्ट ( https://worldlink.com.np )
फेसबुक च्याट सपोर्ट ( https://www.facebook.com/wlink.np/ )
• myWorldlink
मोबाइल एप ( https://worldlink.com.np/myworldlinkapp.php )
सपोर्ट इमेल (support@worldlink.com.np)
फोन सपोर्ट ( NTC : 01-5970050 / NCell : 9801523050
 
त्यसै गरी हामी प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी सेवाहरू जस्तै "खल्ती" र अन्य अनलाइन भुक्तानी सेवाहरू मार्फत अफ्नो विल भुक्तानी गर्न अनुरोध गर्दछौं ।
 
यस समयमा हामी प्रयोगकर्ताहरूलाई राउटरहरू र अन्य इन्टरनेट सम्बन्धी उपकरणहरू एक ठाँउ वाट अर्को ठाँउमा नसार्नको लागि अनुरोध गर्दछौं किनकि यसले तपाईंको सेवाहरूलाई बाधा पुर्याउन सक्छ र हामीले हाम्रो कर्मचारीहरुलाई  घरमा पठाउन आवश्यक पर्न सक्छ  जुन हालको अवस्थमा सम्भाव्य नहुन सक्छ । ठूला ट्रक वा सवारी साधनहरू तपाईंको क्षेत्रमा आउन सक्छ , जसले पोलमा भएका केबुलहरू चुडाल्न सक्छ र यसलाई मर्मत गर्न हाम्रो धेरै जना जनशक्त्तिको आवश्यक पर्न जान्छ । यसका लागि हामी प्रयोगकर्ताहरूलाई सतर्क रहन अनुरोध गर्दछौं ।

हामी हाम्रो ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्न भरपुर कोसिस गर्नेछौ । अन्तमा सुरक्षित रहनुहोस् , आफ्नो परिवार, समाज र देशको ख्याल राख्नुहोस् ।
 
धन्यबाद ।
 
वर्ल्डलिंक कम्युनिकेशन्स लि

 

 

Dear Valued Customers,
 
First of all, we would like to thank you for helping the nation to mitigate the risk of COVID-19 by staying at home  as much as possible. This is a pandemic which we all would need to fight together in all the  fronts.  Being responsible citizen of Nepal, we all would like to help and contribute to make life easier and safer.
 
Communication is an essential service and COVID-19 situation puts adds more responsibility  to internet; much more than ever before. We need to have the facility to communicate with each other till the situation normalizes. Internet becomes life-line in the current scenario. This puts tremendous demand in network world-wide and within Nepal too. We have already seen increase in traffic utilization. In order to cope up with demands, we need to add capacity in our backbone but due to global crisis and panic, we will not be able to add more capacity to meet the unexpected demand until the situation improves.
 
As with every crisis, we need to manage to provide quality internet to all. We need to ensure quality for people working from home, health and government services, businesses running from home and other so  some of us might experience congestion during peak hours (8PM-10 PM). We will do our best to increase capacity and provide quality service as far as possible. We request all our users to prioritize communication over entertainment. This means cutting down in our gaming and video watching time.
 
We will try to run office as far as possible, however, we realize that health and safety of staff is equally important, so we will try to keep minimum staffs required to keep the service up and running.
 
For support, we request our users to use online support :
•    Online Chat support ( https://worldlink.com.np )
•    Facebook Chat Support ( https://www.facebook.com/wlink.np/ )
•    myWorldlink App ( https://worldlink.com.np/myworldlinkapp.php )
•    Email (support@worldlink.com.np )
•    Phone Support ( NTC : 01-5970050 / NCell : 9801523050
 
Also, for payment, we encourage our users to use digital payment services like Khalti and others.
 
We request users not to move the routers and equipment as it might disrupt your services and we would need to send a person to fix which might not be feasible during the crisis. We request users to be watchful when big trucks or vehicles come in your area which might break the cables in the pole. This would again need massive team to fix it.
 
We will try our best to serve our valued customer but we our best might not be enough so we request you to help us help serve you better.
 
Lastly, please be safe and take care of your family, society and the country.
 
Thanking you.
 
Regards
 
Worldlink Communications Ltd